त्रिकोणात्मक टी-२० : नेपालले हङकङसँग खेल्दै
नेपालखोज
२०८० कार्तिक ४ गते ७:३९

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुवात गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।
नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया