एकदिवसीय विश्वकप : नेदरल्याण्ड र श्रीलंका भिड्दै
नेपालखोज
२०८० कार्तिक ४ गते ८:२३

काठमाडाैं । एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदै छ । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ ।
यो खेल बिहान पौने ११ बजेदेखि सुरुहुने छ । विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबीचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् ।
जारी विश्वकपमा श्रीलंका लगातार तीन खेलमा पराजित हुँदा नेदरल्याण्डसले १ खेल जितेको छ । पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेकाे नेदरल्याण्डस सोही लय समाउने प्रयासमा हुँदा श्रीलंका भने पहिलो जितको संघर्षरत हुने छ ।
सम्बन्धित
प्रतिक्रिया