शनिबार, जेठ ४, २०८२

जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनायाे

नेपालखोज २०८० कार्तिक ४ गते १९:३८

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।

नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए ।

प्रतिक्रिया