शनिबार, जेठ ४, २०८२

यूएईले नेपाललाई दियाे १६५ रनको लक्ष्य

नेपालखोज २०८० कार्तिक ६ गते १४:०७

काठमाडौं । त्रिदेशीय शृङ्खलामा घरेलु टिम नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट १६५ रनको लक्ष्य पाएको छ ।

सोमबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६४ रनको लक्ष्य प्रस्तुत गर्यो । 

यूएईबाट आक्रामक रुपमा प्रस्तुत भएका बसिल हमेदले ४५ रन बनाए । उनले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । भ्रित्या अरबिन्दले ४५ रन थपे । आसिफ खानले १८ र खालिद साहले १२ रन जोडे । 

प्रतिक्रिया