त्रिकोणात्मक टी-२० : नेपालले यूएईलाई ५ विकेटले हरायाे
नेपालखोज
२०८० कार्तिक ६ गते १४:४०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९. ओभरमै भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए।
सम्बन्धित
प्रतिक्रिया