उपाधिका लागि नेपाल र यूएई भिड्दै
नेपालखोज
२०८० कार्तिक ७ गते ५:१६

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा आज मंगलबार यूएईसँग खेल्ने भएको छ ।
नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता यूएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट तथा कतारलाई १० विकेटले हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया