एसीसी यू–१९ प्रिमियर कप : १९ रनको जित निकाल्दै नेपाललाई उपाधि
नेपालखोज
२०८० कार्तिक ७ गते १७:३८

काठमाडौं । फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ ।
मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन बनाएको थियो । तर, वर्षाका कारण यूएईले १९८ रनको लक्ष्य पायो । लक्ष्य पछ्याउने क्रममा यूएई २६.१ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो ।
नेपालका कप्तान देव खनालले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४–२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटका निम्ति अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।
यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।
सम्बन्धित
प्रतिक्रिया