त्रिकोणात्मक टी-२० : उपाधिका लागि नेपाल र यूएई भिड्ने
नेपालखोज
२०८० कार्तिक ८ गते २०:४३

काठमाडाैं । राजधानीमा जारी त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । नेपाल लगातार चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगिसेको थियो ।
तर, आज भएको खेलमा युएई हङकङसँग पराजय नजिक पुगे पनि भएपनि रनरेटका कारण फाइनलमा पुग्न सफल भयो ।
युएईले निर्धारित २० ओभरमा १३५ रन कटाउनु पर्ने थियो । युएईले १९.३ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
सोही रन कटाउँदा रनरेटमा युएई अगाडि रहेर फाइनलमा स्थान बनाएको हो । २१३ रनको लक्ष्य पछ्याएको युएईको सुरुआत भने राम्रो नभए पनि १३५ रन बोर्डमा भने लगाउन सफल भयो । फाइनल खेल शुक्रबार कीर्तिपुर मैदानमा बिहान ११ बजेदेखि सुरुहुने छ ।
सम्बन्धित
प्रतिक्रिया