सोमबार, जेठ ६, २०८२

दुइ पैसे र एक पैसे सिक्काहरु

सुनिल उलक २०८० कार्तिक १४ गते ९:१२

हाम्रो बाल्यकालमा यि दुइ सिक्का राम्ररी याद भएका सिक्काहरुमा पर्दछन् । यो सिक्काहरु देख्ने पुस्ता पनि आधा शताब्दी बूढो भइसके ।

राजा महेन्द्रको डाँफे अंकित भएको आल्मुनियमको दुइ पैसे सिक्का र लालीगुराँस भएको एक पैसे सिक्का पहिलो पटक २०२३ सालमा निष्कासन भएको थियो ।

यो सिक्का राजा महेन्द्रको शासनकाल २०२८ सालसम्म नै निस्कियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण पछि राजा विरेन्द्रको नामांकन भएको उस्तै प्रकारको एक पैसे सिक्का २०२८ साल देखी २०३६ साल सम्म र दुइ पैसे सिक्का २०२८ साल देखी २०३५ सालसम्म निष्कासन भएको थियो । मेरो संग्रहमा यि प्रत्येक सालका दुबै सिक्काहरु छन् ।

प्रतिक्रिया