सोमबार, जेठ ६, २०८२

पनौतीमा निसान दुर्घटना हुदाँ दुई जनाको मृत्यु

नेपालखोज २०८० कार्तिक १४ गते १५:४५

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्ला पनौती-२ सिला भन्ज्याङमा निसान दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएकाे छ ।

दिउँसो २ कुशदेवीबाट नयाँ गाउँतर्फ जादै गरेको बा.४ ख.६७२३ नम्बरकाे पराल लोड निसान गाडी ब्रेक फेल भई सडक बाट करिब ६०० मिटर तल खसेकाे छ ।

निसान चालक पनौती २ कुशदेवी बस्ने ४० वर्षे रविन आचार्य र बेथानचोक २ बस्ने ५० वर्षका शिवविक्रम केसीको मृत्यु भएको हो ।

त्यसैगरी बेथानचोक २ बस्ने वर्ष ४५ की शारदा तिम्सिना गम्भीर घाइते भएकी छिन् उनलाइ अहिले उपचारका लागि अस्पताल लगिएकाे छ ।

समाचार स्रोत: केशवराज पौडेल

प्रतिक्रिया