उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात पर्ने
नेपालखोज
२०८० कार्तिक १५ गते ५:३३

काठमाडाैं । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया