कोभिड हुनेको अप्रत्याशित मृत्यु

काठमाडाैं । कोभिड – १९ बाट संक्रमित भएका वा गम्भीर लक्षण देखिएका व्यक्तिहरूले आफूलाई थकाउने गतिविधिहरूबाट टाढा रहनुपर्छ । यो सल्लाह भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख मण्डावियाले दिएका हुन् । उनले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको विस्तृत अध्ययनलाई उद्धृत गर्दै यस्तो सुझाव दिएका हुन् ।
मण्डावियाका अनुसार गम्भीर कोभिड संक्रमणबाट निको भएका व्यक्तिहरूले केही समय व्यायाम गर्दा धेरै मेहनत गर्नु हुँदैन । यसै गरि उनीहरूले अत्यधिक र निरन्तर प्रयासको आवश्यकता पर्ने कामबाट जोगिनुपर्छ । यो सावधानी तोकिएको समयसीमा अर्थात एक वा दुई वर्षसम्म अपनाउनुपर्ने भएकाले हृदयघातबाट बच्न सकिने मण्डवियाले बताएका छन् ।
२०२२ देखि, यस्ता धेरै घटना प्रकाशमा आएका छन्, जसमा २०-३० वर्ष उमेर समूहका धेरै व्यक्तिको अचानक हृदयघातका कारण मृत्यु भएको छ। यससँग सम्बन्धित धेरै भिडियोहरू पनि भाइरल भएका छन् ।
कतै विवाहको जुलुसमा नाच्ने क्रममा कोही एक्कासी लडेर ज्यान गएको छ भने कसैको जिममा कसरत गर्दा वा ट्रेडमिलमा दौडँने क्रममा लडेर मृत्यु भएको छ ।
प्रतिक्रिया