नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने
नेपालखोज
२०८० कार्तिक १५ गते ७:२३

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयाेर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए ।
नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया