आइतबार, जेठ ५, २०८२

नोबेल मेडिकल कलेजले विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख दिने

नेपालखोज २०८० कार्तिक १५ गते १७:०५

काठमाडौं । नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।

विराटनगरमा रहेकाे कलेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ ।

नोबेल मेडिकल कलेजले जारी छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने पनि जनाएको छ ।

प्रतिक्रिया