बाजुरामा भूकम्पको धक्का
नेपालखोज
२०८० कार्तिक २१ गते १४:२९

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मङ्गलवार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् ।
यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया