शुक्रबार, जेठ ३, २०८२

स्रोत नखुलेको भारतीय रूपैयाँसहित जैनुल हक पक्राउ

नेपालखोज २०८० कार्तिक २३ गते १५:४८

झापा । मेचिनगर नगरपालिका–६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थान गरी जम्मा उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

प्रतिक्रिया