शुक्रबार, जेठ ३, २०८२

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

नेपालखोज २०८० कार्तिक २३ गते १६:२७

सिरहा । मिर्चैया नगरपालिका–६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया