Hoop Rolling, खुरखुरे, गुड्काउने, पाङ्ग्रा, तिर्र, किरकिरे, गुडगुडे, घिर्र

Hoop Rolling नेपालीमा ठ्याक्कै के भनिन्छ थाहा भएन, खुरखुरे, गुर्काउने, पाङ्ग्रा या यस्तै … मैले बाल्यकालमा खेलेको र याद भएको यहि मात्र हो । अरूको बाल्यकाल झै गुच्चा, खोपी या अन्य खासै खेलिन । कहिले काही लुकि-डुम खेलिन्थ्यो ।
ईसाको सातौ शताव्दीमा ग्रीकमा शुरू भएको मानिएको Hoop Rolling संसारका सबैजसो देशका बालकहरूले खेल्ने साझा खेल हो । अचेल यो खेल बिस्तारै हराउदै गइरहेको छ । यदाकदा ग्रामिण भेकमा बालकहरू अझै यो खेल खेलेको भेटिन्छ तर शहर बजारमा ट्याब र मोवाइल युगमा प्रबेश गरेका बालकहरू यो खेल देखेका पनि कमै हुन्छन् ।
मलाई सम्झना आँउछ दुइ कक्षामा नर्मल स्कुल (पृ.ना.क्याम्पस भित्र) पढ्दा स्कुलमा कम्पिटिसन भएको थियो । त्यो बेला पिसकोर भोलेन्टियरले बिभिन्न किसिमले यो खेल खेलेर देखाएका थिए । मैले पनि कम्पिटिसनमा भाग लिएको थिए । पहिलो को भएको थियो भन्ने याद छैन तर म दोश्रो भएको थिए ।
पहिलो तस्विरमा Hoop Rolling खेल्दै गरेको बालकहरू मनाङमा खिचिएको हो, हालसालै खिचिएको भए पनि याद पुरानो भएको ले मैले यहा राखेको छु ।
दोश्रो तस्विर पोखराको सडकमा खेल्दै गरेको बालकको तस्विर हो ।
तस्विर साभार : MTB Worldwide
प्रतिक्रिया