भोजनालयमा आगलागी हुँदा करिब १० लाखको क्षति
नेपालखोज
२०८० कार्तिक २४ गते १३:४९

काठमाडौं । कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक हेलम्बु नगरपालिका–३ घर भएका ४८ वर्षीय ओम बहादुर गिरीको सिन्धुपाल्चोक सरस्वती भोजनालयमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त आगो फैलिएर सँगै जोडिएको थान्का र फर्निचर पसलमा समेत आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया