शुक्रबार, जेठ ३, २०८२

विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने

नेपालखोज २०८० कार्तिक २४ गते १८:४२

काठमाडौं । विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता नत्यागेको स्वघोषणा गर्नुपर्ने प्रावधानसहित कार्यविधि तयार भएको छ ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि २०८० तयार पारेको छ । जसमा नेपाल बाहेक अन्य कुनै देशको स्थायी बसोबास अनुमति पत्र नलिएको समेत स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

कार्यविधिको दफा ११ र १२ मा विदेशबाट मतदाता नामावलीमा नाम दर्ता गराउने व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा स्वघोषणाको ढाँचा समेत उल्लेख गरिएको छ । जहाँ सात वटा विषयमा स्वघोषणा गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया