जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८० कार्तिक २६ गते १४:०९

भोजपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया