बिहीबार, जेठ २, २०८२

पोखरी र नदीमा डुबेर मृत्यु

नेपालखोज २०८० कार्तिक २६ गते १५:१९

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–१ महनौरी बस्ने प्रमोद यादवको १८ महिनाको छोरा प्रभात कुमार यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको विदेह नगरपालिका–९ वैदेही बस्ने संजय पाण्डेकी छोरी १० वर्षीया मधु कुमारी पाण्डेको सोही ठाउँस्थित बिमला बेनउती नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया