नेपाली सेनाले गर्यो १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार
नेपालखोज
२०८० कार्तिक २८ गते १६:५१

काठमाडौं । नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।
यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।
कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया