सोमबार, वैशाख २९, २०८२

दशै तिहारकाे अवधिमा बागमतीमा १५६ दुर्घटना

नेपालखोज २०८० मंसिर २ गते १२:२२

हेटौँडा । बागमती प्रदेशका १० जिल्ला(काठमाण्डौँ उपत्यका) बाहेकमा दशैको सुरुवातदेखि तिहार अवधिभर १५६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुसार चार्डपर्बको समयमा भएको १५६ वटा सवारीसाधन दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।

प्रहरीले चार्डपर्ब लक्षित सुरक्षा योजना लागू गरेपनि दुर्घटनालाई भने न्यूनिकरण भने गर्न नसकेको तथ्याङ्कले जनाउछ । यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएका छन् ।

यसै अवधिमा प्रहरीले नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कारवाही पनि गरिएको छ । १० जिल्लाको सवारी कारबाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया