सोमबार, वैशाख २९, २०८२

करेन्ट लागेर मृत्यु

नेपालखोज २०८० मंसिर २ गते १६:३६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोल्डाँडा बस्ने २२ वर्षीय कमल सुनारको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा मल्टिप्लगमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया