आइतबार, वैशाख २८, २०८२

करेन्ट लागेर मृत्यु

नेपालखोज २०८० मंसिर ४ गते १६:३४

बाँके । खजुरा गाउँपालिका–१ बस्ने दैलेख नौमुले गाउँपालिका–४ जैसीडाँडा घर भएका २३ वर्षीय सबिन रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–२ बलैपुरस्थित माछा पाल्न बनाएको पोखरीको डिलमा करेन्ट बिछ्याषएको जि आई तारमा माछा मार्ने जाल सहित करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया