आइतबार, वैशाख २८, २०८२

पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

नेपालखोज २०८० मंसिर ५ गते ६:२०

काठमाडौं । देशका केही भू–भागमा आंशिक बदली हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ भने आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

काेसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति लुम्बिनी प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

प्रतिक्रिया