नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ हुदै
नेपालखोज
२०८० मंसिर ५ गते १३:२५

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ ।
जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् ।
न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया