शनिबार, वैशाख २७, २०८२

गोरु गाडाको नम्बर

नेपालखोज २०८० मंसिर ६ गते ७:३८

पोखरामा शुरूमा यातायातको साधन चल्दैनथे । बि.सं. २०१०-११ साल तिर जहाजबाट ल्याएर पोखराको सडकमा केही गोरू गाडा गुड्दथे । त्यस बेला बिभिन्न निर्माण कामका ठेकेदार काम गरिरहनु भएका सूर्यबहादुर के.सी. ज्यूका बुबा किर्तीबहादुर के.सी. ज्यूलाई सामान ढुवानीका लागि आबश्यक देखिए पछि काठमाडौबाट जहाजमा गोरुगाडा ल्याएका थिए ।

यसपछि भने अन्यले पनि उस्तै प्रकारको गोरुगाडा पोखरामा नै बनाउन लगाएर गुडाउन थालेका थिए । बिस्तारै गोरुगाडाको संख्या बढ्न थाले पछि बि.सं. २०१५ साल पछि पोखरा ब्यापार संघले गोरुगाडालाई पनि दर्ता गरी नम्वर राख्नुपर्ने प्रावधान ल्यायो । त्यसबेला सम्म यातायात कार्यालय खुलिसकेको थिएन । यसरी दर्ता गर्नुपर्ने प्रावधान पछि बाराही मन्दिर निर्माणको काम गरिरहनु भएका देवीप्रसाद बाटाजूले पहिलो पटक आफ्नो गाेरूगाडा दर्ता गर्नुभयो र नम्वर लिनुभयो कुल्ली नं. १ ।

याे पत्ता हाल सम्म पनि वहाँको छोरा सनकमान बाटाजूसंग सुरक्षित छ । यो सानो पितलको पान आकारको पत्ता गोरू गाडामा झुन्ड्याएर चलाउनु पर्नेभयो । त्यसबेला पार्दी बाँध पनि बन्दै गरेको थियो । तसर्थ सो स्थानमा jlभिन्न सामग्रीहरु ढुवानी गर्नको लागी वहाँले गाडा किनेर चलाउनु भएको थियो ।

प्रतिक्रिया