आजकाे माैसम : वाग्मतीसहित तीनवटा प्रदेशमा हिमपातको सम्भावना
नेपालखोज
२०८० मंसिर ६ गते ६:२६

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोमहाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया