दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार
नेपालखोज
२०८० मंसिर ६ गते ११:३४

काठमाडौं । महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ ।
रातिको कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ र पुरुषहरु बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ ।
भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया