दाङमा धान उत्पादन बढ्यो

देउखुरी (दाङ) । दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।
यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए ।
हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रतिक्रिया