‘हामीलाई बचाउ सरकार ! चिसोले मर्ने भयौ’

भूकम्पले चिरा चिरा परेको घर । नत बस्न लायक छ नत पुरा भत्किएको नै छ । त्यही भत्केको आधा घरलाई पुर्पुरोमा हात थमाउँदै टोलाउँदै जाजरकोटको बारेकोटकी (परिवर्तित नाम) डोल्माको मनमा भूकम्पको धक्का गइरहन्छ ।
गएको कात्तिक १७ को भूकम्पले बारेकोट गाउँपालिका (परिवर्तित) नाम डोल्माको घर भूकम्पले चिरा चिरा बनाएर भत्कायो । भूकम्पले घर मात्र भत्काएन डोल्माको जिन्दगी नै भत्काइदियो । देशमा रोजगारी नहुँदा लामो समय काला पहाड गएर टाउको र पैताला खियाएर बनाएको घर ढलेपछि अहिले उनलाई बाच्न मन छैन ।
वर्षौ मेहनत गरेर बनाएको घर ढलेर चिसो बारीको शीत लहर मा बास हुँदा उनी मानसिक पीडामा छिन् । भूकम्पले घर भत्कायो । घरभित्र नै सुरक्षित नहुने देशमा हामी बाहिर कसरी सुरक्षित हुने रु मलाई डर लागि रहन्छ,’उनले भनिन्, ‘यही कारणले मलाइ बाच्न मन थिएन आत्म हत्याको बाटो सही भने आत्महत्या गर्ने बाटोमा पुगेको थिए सोसेक नेपालले बचायो ।’
सोही ठाउँकै देउसरा (परिवर्तित नाम) पहिलेबाटै घरेलु हिंसा भोग्दै आएकी थिइन् । घरमा श्रीमानबाट बेला बेला हिंसामा पर्दै आएकी उनलाई भूकम्पले घर भत्काएपछि झनै पीडा थपेको बताइन् । भूकम्पले घर नभत्काउनु पहिले पनि घरमा विभिन्न कुराहरूले हेपिए चेपिएकी थिएँ,’उनले भनिन्, ‘अहिले भूकम्पले घर भत्काएपछि झन् पीडा माथि पीडा थपियो ।’
‘लगाउँला खाउँला बसौला भनेर खाइ नखाई घर बनाइयो त्यही घर अहिलेको भूकम्पलाई भयो, अहिलेको यस्तो कठ्याङ्ग्रिने चिसोमा त्रिपालमा बास छ। जाँड रक्सी खाएर आउने र बलात्कारको सिकार हुने डर डरमै रात बित्छ त्यसैले पनि बाच्ने आस हराएर आत्म हत्याको बिचार आउँछ,’आँखाको डिलमा अड्केको आशुको थोपालाई भुईँमा खसाल्दै उनले भनिन् ।’
डोल्मा र देउसरा मात्र होइन कात्तिक १७ को भूकम्पले जाजरकोट र रुकुम पश्चिमवासी पीडामा छन् । चिसोका कारण कष्टकर दैनिकी बिताउन बाध्य छन् । आफन्तको शोक, पेटको भोक चिसोले गर्दा दिन रात कटाउन मुस्किल हुने गरेको छ । यस्तो अवस्थामा ठुलो मानसिक पीडामा छन् यहाँका नागरिक । सबै कुरा सकिएको महसुस गर्दै आत्महत्याको बाटोसम्म रोज्न मन लाग्ने बताउँछन् । यस्तो अवस्थामा परामर्शका लागि सोसेक नेपालले जाजरकोटमा ६ जना र रुकुम पश्चिममा ७ जना गरी १३ जना साइको(सोसियल काउन्सलर ९मनोसामाजिक परामर्शदाता० खटाएको सोसेक नेपालले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रको अवस्था निकै जोखिम रहेको सोसेक नेपालद्वारा बारेकोटमा पुग्नुभएकी मनोसामाजिक परामर्शदाता लक्ष्मी शाही बताइन् । चिसोका कारण यहाँको अवस्था निकै जोखिमयुक्त रहेको छ,’उनले भनिन्, ‘सबैजसो त्रासमा छन् । सबै जना मानसिक रूपमा तनावमा छन् । परामर्शको काम भइरहेको छ । चिसो महिना त्यहीमाथि हिउँ पर्ने भएकाले यो महिना मात्र मुस्किलले बस्न सकिने अवस्था रहेको यहाँका नागरिक बताइन् ।’
यति बेला भूकम्पबाट प्रभावित परिवार भोक, शोक र रोगले तड्पिरहेका छन् । घरसहित आफन्त गुमाएको पीडा, त्यही माथि मुटु छेड्ने चिसोका कारण अवस्था नाजुक रहेको पाइन्छ । आफन्तको वियोग र चिसो बारीको बासले महिला बालबालिका, दीर्घ रोगी र गर्भवती, र सुत्केरी महिलाहरूका लागि निकै कष्टकर भइरहेको भूकम्प प्रभावित बताउँछन् ।
आफूहरूलाई भूकम्पको भन्दा पनि चिसोका कारण कसरी ज्यान जोगाउने भन्ने ठुलो चिन्ताको विषय भएको यहाँका भूकम्प प्रभावितहरूको भनाई छ । भूकम्प प्रभावित भन्छन्, ‘सरकार हामी शोक र भोकले भन्दा पनि चिसोले मर्ने भयौँ । समयमै गाँस बास र कपासको व्यवस्था गर ।’
यो विपद्को समय भएकाले यस्तो समयमा थप हिंसा, बलात्कार, बालबालिकाहरू बेचबिखनमा र बालश्रममा पर्ने भएकाले सचेत हुनुपर्ने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताए । यस्तो समयमा सबै समस्यामा हुन्छन्,’उनी भने, ‘कसैले सानो सहयोग गर्दा पनि लोभिने हुन्छ त्यसको लागि जनचेतना फैलाउन आवश्यक छ ।’
‘थप हिंसा, बलात्कार बेचबिखन, बलात्कार नहुन दिन र रोकथामका लागि सीमा नाकाहरूमा निगरानी बढाउनुका साथै जनचेतना फैलाउन आवश्यक छ,’ थापाले भने ।
यो विपद्को समयमा कसैले आफन्त गुमाएर पीडामा छन् । कोही घर भत्किएर पीडामा छन् । यस्तो समयमा उनीहरूलाई मानसिक तनाव कम गर्नका लागि मनोसामाजिक परामर्शको आवश्यकता भएको उनी बताए । थापाका अनुसार सोसेक नेपालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना काउन्सलर पठाइएको छ । जाजरकोटमा ६ जना र रुकुम पश्चिममा ७ जना रहेको बताए ।
यो विपद्को समयमा मन आत्तिने, र कसैलाई जिन्दगीभर असर गर्न सक्ने, र आत्महत्याको लक्षणहरू देखा पर्न सक्ने प्रदेश अस्पताल सुर्खेतमा कार्यरत इमर्जेन्सी विशेषज्ञ डाक्टर सरोज गिरी बताए । कात्तिक १७ को भूकम्पले कसैले आफन्त गुमाएका छन् । कसैले घरबार सहित आफन्त गुमाएकाहरूमा दीर्घकालीन रूपमा गहिरो असर पर्ने हुन सक्छ,’उनले भने, ‘त्यस्तो असर निराकरणको लागि पहिलो कुरा समयमै सबै क्षेत्रबाट गाँस बास र कपासको व्यवस्था हुन आवश्यक छ । अर्को परामर्शको उत्तिकै आवश्यक छ ।’
दोस्रो चरणमा दीर्घकालीन असर गरेकाहरूलाई पहिचान गरेर थप परामर्श र आवश्यक उपचार गर्नुपर्छ, उनले भने ।चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घ रोगी र वृद्ध वृद्धाको ज्यान गएको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्ण रूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया