काठमाडौंको सानो भर्याङमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानोभर्याकङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रबिन अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोकर्णेश्वगर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेम कुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्व रपुर नगरपालिका–३ घर भएका २८ वर्षीय संगम पोख्रेल आ–आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदिप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिका–५ भाग्रि बस्ने ७८ वर्षीय राम बहादुर सार्की सोही ठाउँस्थित सिचाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरीको रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोति राम बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहाको नवराजपुर गाउँपालिका–३ मेनहामा यहाल नाम, थर, वतन नखुलेकओ अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया