सोमबार, वैशाख २९, २०८२

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्ने

नेपालखोज २०८० मंसिर १४ गते १७:४७

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गरेका हुन् ।

उनले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताए ।

प्रतिक्रिया