‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’
नेपालखोज
२०८० मंसिर १६ गते २०:३३

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए ।
‘कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ,’ उनले भने, ‘पार्टीलाई एक बनाउन लाग्नुस्, मेरो आग्रह छ । पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।’
सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउने सन्देश दिनुपर्नेमा पनि जोड दिँदै भने, ‘बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ ।’ रासस
सम्बन्धित
प्रतिक्रिया