शुक्रबार, वैशाख २६, २०८२

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०८० मंसिर १७ गते ६:५१

काठमाडौं ।  आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूपश्चिम र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया