मंगलबार, वैशाख ३०, २०८२

‘मिचाउङ’को आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०८० मंसिर २० गते ६:३३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । पहाडी र उच्च पहाडी भू–भागमा वर्षाको सम्भावना रहेकाे छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार आज बिहान कोशी, मधेस प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

साथै, कोसी, मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया