तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको तथा तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएकाे छ ।
आज बिहान कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली भइरहेकाे र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेकाे तथा तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आजदिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै कोशी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ विभागले जनाएकाे छ ।
साथै महाशाखाले देशैभर तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया