मंगलबार, वैशाख ३०, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

नेपालखोज २०८० मंसिर २२ गते ६:४९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । फ्लाइ दुबईको उडानबाट बिहीबार राति काठमाडौं उत्रेका चन्द्र घले र गोरखाका मीनबहादुर घलेलाई भन्सारले पक्राउ गरेको हो ।

बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई सुनसहित पक्राउ गरिएको थियो।

उनीहरुले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । बरामद भएको सुन आज जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया