बुधबार, जेठ १, २०८२

यस्ताे छ तीन दिनकाे माैसम

नेपालखोज २०८० मंसिर २८ गते ६:३९

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

भाेलि दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भने राति कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया