बुधबार, जेठ १, २०८२

आजकाे माैसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखोज २०८० पुष १ गते ६:२६

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाहाले जनाएकाे छ । साथै तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

प्रतिक्रिया