बिहीबार, जेठ २, २०८२

तराईमा हुस्सुरकुहिरो, चिसोबाट बच्न आग्रह

नेपालखोज २०८० पुष ५ गते ६:२४

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको तथा तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएकाे छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने आज राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया