आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबस्तीस्थित सिन्धुलीका ४५ वर्षीय मोहन कुमार श्रेष्ठको अनया इन्टरप्राइजेज रङ पसल र बुढानिलकण्ठ कपनका ४० वर्षीय नर्लिङ शर्माको राइडर ज्वाइन मोटरसाइकल पार्टस पसलमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रङ पसलको १० लाख रूपैयाँ र मोटरसाइकल पार्टस पसलको ३० लाख रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ गोंगबु आवास क्षेत्र बस्ने ६९ वर्षीया ललिता पाण्डेको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने जितेन्द्र बहादुर दासको घरमा खाना पकाउने क्रममा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५ भिङग्रेली चोक बस्ने ६० वर्षीय रमेश राज भण्डारीको घरमा बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया