शुक्रबार, जेठ ३, २०८२

माैसम : आंशिक बदली रहने

नेपालखोज २०८० पुष १० गते ६:४३

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेककाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । तराईका केही भू–भागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया