सुनको मूल्य बढेको छ भने चाँदीको
नेपालखोज
२०८० पुष ११ गते १२:२८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २०० रुपैयाँ बढेको हो ।
छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यसदिन चाँदी एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया