सोमबार, जेठ ६, २०८२

विभिन्न धनमाल चोरी

नेपालखोज २०८० फागुन २२ गते १७:००

भक्तपुर । चाँगुनारायण नगरपालिका–५ पिखेल ढुङ्गेधारा बस्ने गोविन्द बानियाँको घरबाट कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरी सुनका विभिन्न गहना र नगद २ लाख रूपैयाँ गरी करिब ६ लाख २० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया