शनिबार, जेठ ४, २०८२

नौ महिनामा ११३ घरेलु उद्योग बन्द

नेपालखोज २०८० चैत ९ गते १५:३५

गोरखा । विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढदै गएको छ । कोरोना महामारीपछि खुलेका ती उद्योग नाफा कमाउन नसकेपछि बन्द हुन् ।

घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलका अनुसार २०८० साउनदेखि फागुन मसान्तसम्म एक सय १३ साना तथा घरेलु उद्योग बन्द भएका छन् । बन्द भएका मध्ये बाणिज्यतर्फका ७३ र उद्योगतर्फ पर्यटनमुलक, सेवामुलक र उत्पादनमुलक क्षेत्रका ६० उद्योग रहेका छन् ।

‘उद्योग बन्द गरेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको छ’, उनले भने– ‘व्यापार घाटामा जानुका साथै पूँजी चलायमान नहुँदा उद्योग बन्द हुन थालेका हुन् ।’

अधिकांश युवा स्वदेशमा राम्रो कमाइ भएन भनेर विदेशिने गरेका छन् । युवा विदेश पलायन हुँदा स्थानीय उद्योगमा काम गर्ने जनशक्ति अभाव हुने गरेको छ । कार्यालय प्रमुख भुजेल साना उद्योग बन्द हुनुमा आन्तरिक बसाइँसराइ पनि प्रमुख कारण भएको बताए । कोरोना सङ्क्रमणले थलिएको अर्थ व्यवस्था उकास्न बैंक तथा बित्तय संस्था र लगानीकर्ताबाट सहज ऋण लगानीको वातावरण नहुँदा पनि साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको उनको भनाइ छ ।

प्रतिक्रिया