आज मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
नेपालखोज
२०८० चैत १२ गते ७:५५

काठमाडौं । आज ४ वटा प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पश्चिमी र तथा भारत आसामको उत्तर-पूर्वी इलाकामा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
यस्तै, कोशी, मधेश, वागमती र गण्डकीलगायत देशका पहाडी भेगका थोरै र बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, वागमती, मधेश र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, वागमती, मधेश र गण्डकीका थोरै तथा बाँकी पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी र मधेशका १ -२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सम्बन्धित
प्रतिक्रिया