ललितपुर आगलागी : दुई छोरी र आमापछि बुवाको मृत्यु
नेपालखोज
२०८१ जेठ ६ गते ८:५६

ललितपुर । ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ।
मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो। योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेश सुवेदीका अनुसार आगलागीमा परी घाइते भएका दुई छोरी र आमापछि बुवा सञ्जयको पनि शनिबार मृत्यु भएको हो।
सम्बन्धित
प्रतिक्रिया